प्रगतिशील लेखक संघ भक्तपुरमा निरौलाको अध्यक्षतामा नयाँ समिति



भक्तपुर। प्रगतिशील लेखक संघ जिल्ला कार्यसमिति भक्तपुरको अध्यक्षमा छन्दबिज्ञान निरौला चयन भएका छन्।

संघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष समीर सिंहको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न छैटौं अधिबेशनले निरौलालाई अध्यक्षमा चयन गरेको हो।कार्यसमितिको उपाध्यक्षमा बुद्धिकुमार घो श्रेष्ठ,सचिवमा सुरेश निरौला,हाचेकाली,सहसचिवमा लक्ष्मी मिश्र,कोषाध्यक्षमा अप्सरा पोखरेल,ईश्वरी शर्मा,सदस्यमा कमल मिश्र र सुशीला ढकाल रहेका छन्।

संघका भक्तपुरका सचिव बाबुकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिबेशनमा केन्द्रीय उपाध्यक्ष नमुना शर्मा,केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष डा.प्रा.हरिप्रसाद सिलवाल,केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेशका उपाध्यक्ष बैरागी जेठा,बरिस्ठ साहित्यकार डा. बालचन्द्र मिश्र,साहित्यकार राममणि ढुङ्गेल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्