सत्तापक्ष दलहरुको बैठक आज,अध्यादेशबारे छलफल हुने



केदार बस्नेत,काठमाडौ।सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरमा सत्तापक्ष दलहरूको बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूबारे छलफल हुने भनिएको छ।सकारले ल्याएको अध्यादेश संसदमा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन।

जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमीसम्बन्धी अध्यादेशबाहेकका अध्यादेशमात्रै स्विकृत गर्न सक्ने निर्णय गरेपछि सत्तापक्ष दलहरू विकल्पबारे छलफल गरिरहेका छन्।

सरकारले ल्याएको अध्यादेश दुवै सदनबाट पास हुनपर्ने संवैधानिक व्यवस्था छ।प्रतिनिधि सभामा कांग्रेस र एमालेको संख्याले मात्रै अध्यादेशहरू स्वीकृत हुने भएपनि राष्ट्रिय सभामा जसपा नेपालको समर्थन आवश्यक रहन्छ।

प्रतिनिधि सभाको बैठक भोलि आइतबार बस्दैछ। त्यसअघि अध्यादेशबारे छलफल गर्न सत्तापक्ष दलहरूको बैठक बस्न लागेको हो।

सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) , नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी छन् भने जनमत पार्टी र जनता समाजवादी पार्टी नेपालले सरकारलाई समर्थन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्