नेसपा(नयाँ शक्ति)को अध्यक्षमा भट्टराई विजयी,चापागाईंलाई पत्याएन्न प्रतिनिधिहरुले



केदार बस्नेत,काठमाडौ।नेपाल समाजवादी पार्टी नेसपा(नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्।

अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार नेसपा(नायक शक्ति)को अध्यक्षमा निर्वाचित भएका हुन्।

१३२४ जना महाधिवेशन प्रतिनिधिहरु रहेकोमा ८२६ मतमात्र खसेको थियो।त्यो मध्येमा पुर्व प्रधानमन्त्री समेत रहेका नवनिर्वाचित अध्यक्ष भट्टराईले ७६१ मत प्राप्त गर्दा चापागाईंले ७३ मतमात्रै ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ।

डा.भट्टराई ६८८ मतान्तरले विजयी भएका हुन्।नेसपा(नयाँ शक्ति)को नयाँ नेतृत्वको लागि माघ २९ गते मंगलबार मतदान भएपनि त्यसको दुई दिनपछि मतपरिणाम आएको हो।

भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै चापागाईंले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। उनले शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए।(फाईल तस्वीर )

 

प्रतिक्रिया दिनुहोस्