थुलुङ दुधकोशीमा आज सार्वजनिक विदा,प्रतिरोधमा कांग्रेस
केदार बस्नेत,काठमाडौं।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ।गाउँ कार्यपालिकाको गत बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार आज जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने भएको हो।

नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउँपालिका त्यस्तै प्रदेश सभा(क) र नेपाल विद्यार्थी संघ सोलुखुम्बुले सार्वजनिक विदाप्रति आपत्ति जनाएका छन् ।पालिका सभापति भक्त गुरुङ र ७ वटा वडाका वडा सभापतिहरुको संयुक्त हस्ताक्षरित प्रेस वक्तव्यमा यो कुकृत्य कार्य खारेज गर्न जोडदार माग गरिएको छ।साथै २०८० पुस १३ गते सम्मानित सर्वोच्च अदालतले जनयुद्ध दिवसको सार्वजनिक विदा खारेज गरेको जानकारी हुँदाहुँदै असंवैधानिक कार्य नगर्न चेतावनी दिईएको छ।साथै संयुक्त वक्तव्यमा पालिका अध्यक्ष र जनप्रतिनिधिहरुलाई उदण्ड हर्कत नगर्नसमेत आग्रह गरिएको छ।
यस्तै नेपालको संविधानमा कहिँ कतै उल्लेख नभएको कथित जनयुद्धलाई कुनै उत्सवका रुपमा मनाउनु खेदजनक भएको उल्लेख गरिएको छ।संयुक्त वक्तव्यमा पालिका सभापति गुरुङसहित ७ वटा वडाको सभापतिले हस्ताक्षर गर्नुभएको छ।साथै वडा नं ३ का वडा सभापति इन्द्रमणि दाहाल र ७ का सभापति मिलन थुलुङको भने वक्तव्यमा हस्ताक्षर देखिएको छैन।
यस्तै नेपाली कांग्रेस प्रदेश सभा(क)ले पनि सार्वजनिक विदाको आपत्ति जनाएको छ।प्रवक्ता अश्विनबाबू थापा,सचिव द्वय हेमराज भट्टराई र विजय गुरुङ यस्तै कार्यवाहक सभापति फुर्तिमान तामाङको संयुक्त हस्ताक्षरित प्रेस वक्तव्यमा यो निर्णय खारेज गर्न माग गरिएको छ।साथै उदण्डता नदेखाउन चेतावनी समेत दिईएको छ।
यस्तै नेपाल विद्यार्थी संघ सोलुखुम्बुले पनि आपत्ति जनाएको छ।अध्यक्ष बिभुषण राईद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा यो निर्णय नसच्याए ने.बि.संघले रचनात्मक आन्दोलन गर्ने उल्लेख गरिएको छ।साथै निन्दनीय कार्य नगर्न आग्रह गरिएको छ।
यस्तै नेपाली कांग्रेस सोलुखुम्बुका सचिव युवराज घिमिरेले पनि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने विषयमा खेद प्रकट गर्नुभएको छ।घिमिरेले संविधान विपरीत दिएको विदा फिर्ता लिन थुलुङ दुधकोशीलाई अनुरोध गर्नुभएको छ।

