प्रधानमन्त्री ओलीको नजरमा सोलुखुम्बु उच्च प्राथमिकता रहेको उपप्रधानमन्त्री पौडेलको भनाई



केदार बस्नेत काठमाडौ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सोलुखुम्बुको विकासलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभयो।माप्य दुधकोशी गाउँपालिकाको अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउँनुभएको हो।

उपप्रधानमन्त्री पौडेलले खासखास बेला ओली प्रधानमन्त्री हुँदा त्यस मन्त्रीपरिषदको सदस्य हुँदै आएकाले यस जिल्लाको विकासमा कसरी निर्दिष्ट गर्नुहुन्छ भन्ने राम्रोसँग आफुलाई थाहा भएको बताउँनुभयो।

गाउँपालिकाबाट निर्वाचित अध्यक्षदेखि प्रदेश तथा संघीय सांसदहरु विकासप्रति समर्पित हुँदै आएको यद्यपि उहाँहरु भन्दामाथि सरकार र प्रधानमन्त्री ओली चिन्तित र प्रयासरत रहेको अर्थमन्त्री पौडेलले बताउँनुभयो।

जिल्लाले समग्र विकासको क्षेत्रमा फड्को मार्ने पौडेलले दृढता दिलाउँनुभयो।अध्यक्ष कप कार्यक्रमको प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफू पहिलो पटक अर्थमन्त्री हुँदा दुई ठुला हाई अल्टि च्युड स्पोर्ट्स स्टेडियम निर्माण गर्ने भनेर गरेको निर्णय अब कार्यान्वयनमा जाने विश्वास दिलाउँनुभयो।

पौडेलले सगरमाथाको फेदमा हाई अल्टि च्युड स्टेडियम निर्माण गर्ने विश्वास दिलाउँनुभयो।थोरै अक्सिजनको प्रयोगले खेल्न मिल्ने त्यस्तो स्टेडियममा खेलेका खेलाडीहरुको प्रदर्शन राम्रो हुने साथै पर्यटन प्रवर्द्धन गरि प्रशस्त अर्थोपार्जन गर्न सकिने भन्दै जनमास अगाडि जनप्रतिनिधिहरुलाई साक्षी राखि पौडेलले सो कुराको घोषणा गर्नुभएको हो।

गोल्डेन ट्रेङ्ग्ल(स्वर्ण परिपथ)को माध्यमबाट सगरमाथाका तीन जिल्ला सोलुखुम्बुसहित ओखलढुंगा र खोटाङलाई जोड्ने सडकपनि अगाडि बढने अर्थमन्त्री पौडेलले विश्वास दिलाउँनुभयो।

संसारका अधिकांश मानिसलाई नेपाल भन्ने देश थाहा छैन तर सगरमाथा भन्ने थाहा छ।त्यहीँ सगरमाथा भएको जिल्ला सोलुखुम्बुको भौतिक तथा पुर्वधारको विकासमा मलजल गर्ने काम वर्तमान सरकारले गर्ने अर्थमन्त्री पौडेलले जिकिर गर्नुभयो ।

नेकपा(एमाले)का उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सरकार समक्ष सडक पुर्वधार तथा अन्य राख्नुभएको जाहेज मागलाई सम्बोधन गर्ने धारणा राख्नुभयो।

यस्तै सोलुखुम्बुका संघीय सांसद तथा रक्षामन्त्री मानबिर राईले जिल्लाको विकासमा आमूल परिवर्तन आउँने धारणा राख्नुभयो।रक्षामन्त्री राईले खेलाडीहरु राष्ट्रको गहना भएको धारणा राख्नुभयो।कार्यक्रममा प्रदेश सभा (ख)का प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री बुद्धिकुमार राजभण्डारी,एमाले सोलउखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवाला एवं स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उद्धघाटन कार्यक्रम उपप्रधानमन्त्री पौडेलको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्