रोमानियामा ग्याल्पो ल्होसार २१५२ भव्य रूपमा मनाइने
बुकारेष्ट,रोमानिया । रोमानियामा रहेका हिमाली बौद्ध धर्मावलम्बी शेर्पा समुदायले प्रमुख पर्व ग्याल्पो ल्होसार २१५२ (श्यिङ मो डुल लो – काठ स्त्री वर्ष) भव्य र उल्लासमय रूपमा मनाउन शेर्पा किदुग रोमानियाले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपाली संस्कृतिको प्रवर्द्धन,परम्पराको जगेर्ना र प्रवासमा एकता बढाउने उद्देश्यले आगामी मार्च ९, २०२५ (आइतवार) का दिन बुकारेष्ट सेक्टर १, रेष्टुरेन्ट इस्टको सभा हलमा शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम गरेर सो पर्व मनाउन लागिएको
सो संस्थाले जनाएको छ।
कार्यक्रममा नेपाली स्वादिष्ट परिकार र पेय पदार्थ,शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य,स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति
विविध नेपाली सांस्कृतिक कार्यक्रम,नेपाली लोक र पप गीतका साथ निरन्तर डिजे प्रदर्शनका साथै DJ Lom@s र DJ दमकसँग सँगै मनोरञ्जनात्मक डिजे प्रस्तुतिहरू गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा ल्होसारसम्बन्धी प्रतिभालाई विशेष प्राथमिकता दिइने जनाउदै किदुगले कार्यक्रममा नेपाली सांस्कृतिक पहिरनमा उपस्थित हुन रोमानियामा क्रियाशील विभिन्न संघसंस्था, समाजसेवी, नेपाली होटल र रेस्टुरेन्ट व्यवसायीहरू, साथै सञ्चारकर्मीहरू र सम्पूर्ण नेपाली समुदायलाई अनुरोध पनि गरेको छ।
कार्यक्रममा शेर्पा किदुग रोमानियाको वार्षिक सदस्यता लिन सक्ने तथा नयाँ सदस्यता लिने शेर्पा समुदायलाई टिकटमा २०% छुट दिइने पनि आयोजकको भनाई छ।

