क्यानले पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने



केदार बस्नेत,काठमाडौं।नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने जनाएको छ ।

क्यानले एक विज्ञप्ति जारी गर्दै मोन्टी देशाईको २ वर्षिय कार्यकाल समाप्त भएको जानकारी दिएको हो । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका लागि दिएको योगदान प्रति क्यानले देशाईलाई धन्यवाद प्रकट गरेको छ ।

‘देशाईको प्रशिक्षणमा नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलतासँग जोडिएको प्रशिक्षक को योगदान प्रति नेपाल क्रिकेट संघ हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालले १० वर्षपछि खेलेको टी-२० विश्वकपमा खेलाडीहरुको प्रदर्सन यस्तै देशाईले पछिल्लो खेलहरुमा गरेको प्रशिक्षणप्रति क्यान सन्तुष्टसमेत देखिएको थिएन।घरेलु मैदानमा भएको लीग २ अन्तर्गतको खेलहरुमा नै नेपाल एक खेलमा मात्र विजय हुनु अनि अमेरिकामा भएको बाँकी खेलहरुमा पनि एक खेलमा मात्र विजयी भएकाले देशाईको विकल्प खोज्ने तयारीमा क्यान रहेको बुझ्न सकिन्थ्यो।

 

प्रतिक्रिया दिनुहोस्