अनेरास्ववियु जिल्ला कमिटी सोलुखुम्बुको १२ औं अधिबेशन फाल्गुन तेस्रो साता हुने



सोलुखुम्बु। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)सोलुखुम्बु जिल्ला कमिटीको १२ औं अधिबेशन आगामी फागुनको दोश्रो हप्ता हुने भएको छ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज प्रवीण कार्कीको अध्यक्षता एवं नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाको प्रमुख आतिथ्यतामा
बिहिवार सम्पन्न अगुवा कार्यकर्ता भेलाले फागुन १६ र १७ गतेका लागि मिति तय गर्दै आयोजक कमिटी समेत गठन गरेको हो।

११ सदस्यीय आयोजक कमिटीको संयोजकमा नरेन्द्र कुलुङ र सचिबमा देबेन्द्र ढुंगेल रहेको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ। भेलामा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य सूर्यकुमारी सुनुवार,सोलुखुम्बु जिल्ला कमिटी उपाध्यक्ष आशबहादुर राई ‘शिशिर’,सचिब कल्पना राई लगायतका नेताहरुको उपस्थिति रहेको अधिबेशन आयोजक कमिटी सचिब ढुंगेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्