प्रशान्ति एकेडेमीमा खेल सप्ताह सुरु
काठमाडौं।२०८१ माघ ७ गते देखि प्रशान्ति एकेडेमी बुढानिलकण्ठ नगरपालिका कपनमा खेल सप्ताह सुरु भएको छ।

नगरपालिकाको वडा नं ११ का वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता र बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा सप्ताहको सोमबार औपचारिक ऊद्घाटन गरिएको हो।
विविध सांस्कृतिक कार्यक्रम,मार्च पास तथा तेक्वन्दो काता प्रदर्सनी लगायत अन्य गतिविधिहरुसहित उद्घाटन कार्यक्रम गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिहरुले रेफ्रि,खेल शिक्षक तथा प्रतियोगीहरुलाई खेल सामाग्री लगायत झन्डाहरु प्रदान गरेका थिए।
सो खेलकुद सप्ताह माघ ११ गते शुक्रबार सम्म संचालन हुनेछ। खेलकुद सप्ताहमा खेलहरु विद्यालय परिसर र फुटसलमा समेत संचालन गरिने र विभिन्न १८ प्रकारका खेल विधामा ४८ ईभेन्ट्स हुने प्रिन्सिपल समिर बास्तोलाले वताए।
प्रत्येक वर्ष गरिदै आएको यो प्रकारको खेल सप्ताह यो पटक पनि समुह खेललाइ आधार मानि सोही प्रकारका धेरै खेलहरु समावेश गरि संचालन गर्न लागिएको समेत प्रिन्सिपल बास्तोलाले वताए। खेल सप्ताहका लागि केही अगाडी देखि नै धेरै अभ्यास खेल संचालन गरेको विद्यालय खेल सप्ताह वृहत रुपले संचालन हुनेछ।यस पटक पनि अभिभावकका लागि समेत शुक्रबार केही खेल प्रतियोगिताहरु राखिएको छ।
यस सप्ताहमा विभिन्न विधामा प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थी तथा सदनलाई एक विशेष कार्यक्रम गरि पदक प्रमाणपत्र र ट्रफी वितरण गरिने समेत आयोजकले वताएको छ।
प्रिन्सिपल समिर बास्तोलाको सभापतित्वमा सम्पन्न् सो कार्यक्रममा निर्वाचन पर्यवेक्षण समिति नियोकका कोषाध्यक्ष तेज तिम्सिना,खेल विज्ञ वरिष्ठ प्रशिक्षक केशव गौतमको पनि विशेष अतिथिको रुपमा उपस्थिति थियो । एन प्याव्सन बागमती प्रदेश कमिटी,काठमाडौ जिल्ला कमिटी र स्थानीय स्काउट तथा संचारकर्मीको समेत उपस्थिति रहेको थियो।

