वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी बिभिन्नि देश पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका -८ घर भई काठमाडौं टोखा नगरपालिका -६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका -८ पर भई काठमाडौं बुढानलिकण्ठ नगरपालकिा-४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरुङ रहेका छन्।

पक्राउ मध्ये सुमितले क्रोएसिया पठाइदन्छुि भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रुपैयाँ र इच्छाले पोल्याण्ड पठाइदन्छुि भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्क बिहीन भएको भन्ने उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई काठमाडौं भाटभटेनीबाट मंगलबार र इच्छालाई काठमाडौं पासीकोटबाट बुधबार पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी वैदेशिक रोजगार बिभाग पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्