विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं।वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी
विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-७ घर भई ललतिपुर महानगरपालका १५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी,धनुषा धनुषाधाम नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ३६ वर्षीय राज कुमार महरा र मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन रहेका छन् ।
पक्राउ पर्नेमध्ये धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४८ हजार रुपैयाँ,राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र चन्द्रले माल्टा पठाइ दिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुर महानगरपालिका-१५ बाट र राजकुमारलाई काठमाडौं महानगरपालिका-७ बाट बिहिबार तथा चन्द्रलाई काठमाडौं महानगरपालिक-१२ बाट शुक्रबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार बिभाग ताहाचल काठमाडौं पठाइएको छ।

