मन्त्रिपरिषद् बैठक : यस्तो छ आजको निर्णय



काठमाडौं । सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि २०२९ सम्मको सम्बन्धित समझदारीपत्र स्वीकृत गरेको छ।

आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ।

उनका अनुसार सरकारले नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा बोल्ने चिनियाँ ल्याङवेज विकास प्रोग्राम परिचालनका सम्बन्धमा तयार भएको समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय गरेको छ।

त्यस्तै सार्वजनिक सेवा प्रशारण संस्था नेपाल टेलिभिजन, रेडियो नेपाल र चाइना मिडिया ग्रुपबीच हुने समझदारीपत्र स्वीकृत गर्ने, उक्त समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले हस्ताक्षर गर्ने निर्णय गरेको छ।

सरकारले प्रस्तावित २ करोड अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गर्ने, प्रस्तावित ३० करोड रनमनपी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने र ती सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिवले हस्ताक्षर गर्ने अधिकार दिएको छ।

सरकारले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीन भ्रमण १७-२० सम्मलाई सफलताको शुभकामना दिएको छ।

मन्त्री गुरुङले भने‚ ‘नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा बोल्ने चाइनिज ल्याङवेज विकास प्रोग्राम परिचालनका सम्बन्धमा तयार भएको समझदारी पत्र स्वीकृत गर्ने। उक्त समझदारी पत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाल र चाइना मिडिया ग्रुपबीच हुने समझदारी पत्र स्वीकृत गर्ने। प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीन भ्रमण १७-२० सम्मलाई सफलताको शुभकामना दिने।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रमा काठमाडौं चक्रपथ अरनिको हाइवे, हिल्सा-सिमिकोट, आइसिडी, आईसिपी कोरला नाकामा आवश्यक पर्ने सबै सीमानाका व्यवस्थित गर्न चेक पोस्ट निर्माण गर्ने बारेमा पनि सहमति गर्ने बताए। टोखा—खहरे टनेल मार्ग, चिलुङ—केरुङ—काठमाडौं क्रस बोर्डर रेल्वे प्रोजेक्टको अध्ययन, खाँदबारी—किमाथांका सडकमा अरुण नदीमा मितेरी पुल बनाउने, चोभारमा मल्टीफङ्सनल क्वारेन्टाइन ल्याब्रोटरी इन काठमाडौं, इन एग्रिकल्चर इन्स्ट्रक्चर डेभलपमेण्ट पार्क, कोरलामा इण्डस्ट्रियल जोन बनाउने बारेमा पनि सहमति गर्ने बताए।

उनले अबबाट बीपी कोइराला क्यान्सर अस्पताल, चितवनमा बोनम्यारो प्रत्यारोपण सेवा शुरु गर्नेमा समझदारी हुने बताए। बिआरआईमा भएका कुरा काम कसरी गर्ने भनेर प्रोजेक्ट प्रोग्राम बनाइ अघि बढाउने निर्णय भएको बताए। चीनले सयवटा विद्युतीय गाडी, सयवटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने बताएको जानकारी दिए। विकासका योजनाहरू ५ वर्षभित्र गर्नेगरी सम्झौता हुने बताए।

यसैगरी मन्त्रिपरिषद् बैठकले प्राविधिक तर्फका रामप्रसाद घिमिरेलाई सचिव प्राविधिक पदमा बढुवा गर्ने, स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सम्बन्धित सबैलाई सरकारका तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ। file foto

प्रतिक्रिया दिनुहोस्