बौद्धनाथ क्षेत्र विकास समिति सदस्य शेर्पाको पहलमा सोलुखुम्बुका ६ विद्यार्थीलाई छात्रवृत्ति
दावा जाङ्बु शेर्पा, काठमाडौं।बौद्धनाथ क्षेत्र विकास समितिले सोलुखुम्बुबाट काठमाडौं आएर विभिन्न विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

समितिका सदस्य एवम् सोलु दुधकुण्ड नगरपालिका वडा नं ८ निवासी रग्बा शेर्पाको पहलमा कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति पाउने छात्रछात्रामा जोसेफ कलेजमा अध्ययनरत खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का सोनाम शेर्पा, जोसेफ कलेजमा अध्ययनरत सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका सोफिया मगर र केरुङका ऐयू सिटी कलेजमा अध्ययनरत ओशिका खड्का छन्।
यस्तै, थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ का अरुणिमा कलेजमा अध्ययनरत सन्देप तामाङ, सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका जोसेफ कलेजमा अध्ययनरत छात्रा उर्मिला श्रेष्ठ र सोताङ गाउँपालिकाका अरुणिमा कलेजका आशिष राईलाई पनि समितिले छात्रवृत्ति उपलब्ध गराएको छ ।
आर्थिक अवस्था कमजोर रहेका तथा जेहेन्दार विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै सो छात्रवृत्ति प्रदान गरिएको सदस्य शेर्पाले बताए।

