श्रीमतीको हत्या अभियोगमा एकजना पक्राउ



कञ्चनपुर ।आफ्‌नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

श्रीमती ३० वर्षीया ज्योती बिष्टको हत्या अभियोगमा भिमदत्त नगरपालिका -८ तिलाचौर बस्ने ४८ वर्षीय नरेन्द्र सहि बिष्टलाई शनिबार राती प्रहरीले पक्राउ गरेको हो।

उनले मादक पदार्थ सेवन गरी हँसिया प्रहार गर्दा ज्योतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्