नियोजित र योजनाबद्ध रूपमा भइ रहेका गलत प्रचारको पछि नलाग्न पालिकाबासीलाई माप्य अध्यक्ष राईको आग्रह




सोलुखुम्बु।जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले युवाहरुलाई बैदेशिक रोजगारीका लागि पठाउन पालिकाको संलग्नता नरहेको स्पष्ट पारेको छ।

कोरिया पठाउने भन्दै माप्य दुधकोशी गाउँपालिकाले युवाहरूबाट पैसा उठाएको भन्दै सामाजिक सञ्जालमा कतिपयले आरोप लगाईरहेका बेला गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले आइतबार एक बिज्ञप्ति जारी गरी सो कुरा स्पष्ट पारेका हुन्।

केही समयदेखि माप्यद्धकोशी गाउँपालिका तथा पालिका अध्यक्ष लक्षित विभिन्न अर्नगल, भ्रामक तथा अपुष्ट बिषय प्रचार गरेर भ्रम सिर्जना गर्न खोजिएको भन्दै अध्यक्ष राईद्वारा प्रकाशित बिज्ञप्तिमा जननिर्वाचित संस्था र जनप्रतिनिधिकाविरुद्ध भ्रम सिर्जना गर्ने कार्यमा संलग्नलाई कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग माग समेत गरिएको छ।

राजनीतिक प्रतिशोधका कारण व्यक्तिगत चरित्र हत्या गर्ने ढंगले नियोजित र योजनाबद्ध रूपमा भइ रहेका यस्ता अनर्गल एवं भ्रामक प्रचारको पछाडी नलाग्न पालिकाबासीलाई आग्रह गर्दै अध्यक्ष राईले माप्यदुधकोशी गाउँपालिका र यस पालिकाका जनप्रतिनिधिले कानुन र जिम्मेवारी भन्दा बाहिर कुनै काम नगर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्