सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौं।सामाजिक सञ्जालमा युवतीको चरत्रिहत्या गरेको अभियोगमा नुवाकोट शिबपुरी गाउँपालिका -१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

केसीले पीडित युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई प्रेम प्रस्ताव राखी भिडियो कलको क्रममा गरिएको रेकर्ड पीडित र पीडितका आफन्तलाई समेत पठाई अपमान र बेइज्जत गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनलाई बिद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गररिहेको छ।

