पेशाप्रति बफादार भएर काम गर्न शिक्षकहरुलाई थुलुङ दुधकोशी अध्यक्ष राईको आग्रह



खगिन्द्रराज बास्तोला, सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको सयुक्त आयोजनामा थुलुङ दुधकोशी गाउँपालिकामा आजबाट तीन दिने शिक्षकको पेशागत विकास तालिम सुरु भएको छ।
आधारभूत तहका शिक्षकलाई लक्षित गरेर सोमबारबाट सुरु सो तालिमको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको हो।
अंग्रेजी, गणित,विज्ञान,सामाजिक र प्रविधिलाई जोड दिएर सञ्चालन गरिने तालिमको सहजीकरण रीड नेपालका विषय विज्ञहरु अर्पण रेग्मी,अभिषेक विक्रम शाह,बासु वाग्ले,राजीव ढुंगाना, सुजाता राईले गरिरहनु भएको नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिनुभयो।

उद्घाटनमा बोल्दै प्रमुख राईले हतियारमा बेला बेला धार लगाए जस्तै शिक्षकको पेशागत विकास र शिक्षण सिकाइ क्रियाकलापमा परिवेश अनुसार निखारता ल्याउन समय समयमा तालिम आवश्यक पर्ने भएकोले तालिमको आयोजना गरिएको बताउनुभयो । पछिल्लो समय आफ्नो सम्पूर्ण ध्यान शिक्षा क्षेत्रको बिकासमा केन्द्रित रहेको भन्दै शिक्षकहरुलाई आफ्नो पेशाप्रति बफादार भएर काम गर्न निर्देशन समेत अध्यक्ष राईले दिनुभएको थियो।वहाँले पहिलेको तुलनामा पालिकाको शैक्षिक सुधार हुदै गएको र सिकाइ उपलब्धीमा पनि वृद्धि भैरहेकोले यसलाई अझै कायम राख्नुपर्ने बताउँदै शिक्षकहरुलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रसन्न दीपराईले तालिमले पेशागत विकास हुने विश्वास व्यक्त गर्दै सक्रिय भएर सिक्नका लागि सहभागीहरुलाई आग्रह गर्नुभएको थियो।तालिम पालिकाभित्रका ९२ जना शिक्षकहरुको सहभागिता रहेको बताईएको छ। कार्यक्रममा पालिका उपाध्यक्ष सबिता राई शिक्षा प्रमुख गणेश गुरुधामी वडा अध्यक्षहरु र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्