सिन्धुली प्रहरीले नष्ट गर्‍यो पाँच बिघा क्षेत्रफलमा लगाईएको अबैध गाँजा



सिन्धुली। हरिहरपुरगढी गाउँपालिकामा करिब पाँच बिघा क्षेत्रफलमा अबैध रुपमा लगाईएको गाँजा प्रहरीले नष्ट गरेको छ।

प्रहरी कार्यालय सिन्धुलीका मातहत इलाका प्रहरी कार्यालय कपिलकोटबाट खटिएको प्रहरी गस्ति टोलीले आइतबार सो गाउँपालिकाको वडा नं.७ स्थित काभ्रेदोभान,ढाडखोच खोल्सी, टारबारी लगायतका स्थानहरुमा अवैध रुपमा लगाईएको गाँजाको बोट फेला पारी फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलेका प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिए।

खड्का अनुसार करिब पाँच बिघा क्षेत्रफलमा सो गाँजा लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्