महानिरीक्षक कुँवरबाट नवनर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष उद्घाटन
नुवाकोट।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँबरले जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवनको उद्घाटन गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रमबीच महानिरीक्षक कुँवरले सो भवनको उद्घाटन गरेका हुन्। कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने बिभिन्न महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नवनर्मिति नागरिक सहायता कक्षले सबै सेवाग्राहीहरूका समस्या, गुनासो र सुझावलाई सहज रुपमा राख्न पाउने वातावरण निर्माण हुने बताए। प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी,पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने अपेक्षा लिएको बताउंदै उनले नवनर्मिति संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचति संरक्षण, सम्बद्धन र बिकासमा सबैको सदैव साथ रहने बिश्वास व्यक्त गरेका थिए ।
सिमित साधन स्रोतका बाबजूद पनि प्रहरीले आफ्नो शत प्रतशित योगदान दिने प्रयास हरदम गररिहेको चर्चा गर्दै उनले प्रत्याशित वा अ प्रत्याशित रूपमा आएका वा आउन सक्ने बिपदजन्य घटना सबैको चुनौतीको रूपमा रहेको हुँदा यसको सामनाका लागि सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवाला निकायहरूको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरहिार्य रहेको धारणा व्यक्त गरे।
समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू, सामाजिक संजालको दुरुपयोग गर्ने ब्यक्ति बिरुद्ध खरो रुपमा प्रस्तुत भई कुनै पनि किसिमको दवाव र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटविद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिएका थिए।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरी शर्माले धन्यबाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजेन्द्र बिक्रम शाहि ठकुरी, बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

