एक्सका मालिक एलन मस्कसँग प्रधानमन्त्री ओलीले गरे भर्चुअल वार्ता
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गरेका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’(डीओजीई) को प्रमुख पदमा नियुक्त मस्कसंग
प्रधानमन्त्री ओलीले शुक्रबार सांझ सामाजिक सञ्जालमार्फत भर्चुअल कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मस्कले नेपालमा स्याटेलाइट इन्टरनेट सेवासम्बन्धी काम गर्न इच्छा देखाइरहेका छन् ।

