धरहरा चढ्न आइतबारदेखि शुल्क तिर्नुपर्ने, कस्लाई कति ?
काठमाडौं।सरकारले सशुल्क धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्न मंसिर ९ गतेदेखि सशुल्क २०० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको हो।

बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई सर्वसाधरणका लागि २०० रुपैयाँ शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए।
सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ।
साथै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन शुल्क व्यवसायिक बाहेकका प्रतिघण्टा ५ हजार, धरहरा परिसरमा व्यवसायिक भिडिओ छायांकन शुल्क प्रतिघण्टा ५ हजार, फोटोग्राफीका लागि १ हजार शुल्क तोकिएको छ। यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ।

