सत्तारुढ एमालेको शक्ति प्रदर्शन आज,दरबारमार्गमा सभा आयोजना गरिने
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्नेभएको छ।

भद्रकालीबाट ११ बजे जुलुस सुरू गरेर जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट साढे साढे १२ बजे दरबारमार्ग पुगेर सभामा परिणत हुने एमालेले जनाएको छ।
एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी १ लाख उतार्ने लक्ष्य लिएको छ। उपत्यकाको तीन जिल्ला, जनसंगठन, सम्पर्क कमिटीसहितको उपस्थिति हुने भएकाले त्यति संख्या पुर्याउने दाबी गरिएको छ।
देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ।
सभाका प्रमुख वक्ता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाइएको छ।

