पूर्बराजा ज्ञानेन्द्र आज १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठा पूजामा सहभागी हुने



रुपन्देही।पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठा पूजामा आज सहभागी हुनुहुने भएको छ।

मंसिर ४ गतेबाट विहारमा चलिरहेको सो पूजामा सहभागी हुन वहाँ आजै लुम्बिनी प्रस्थान गर्न लाग्नुभएको हो। विहारको उद्घाटन आजै सङ्घीय सांसद बाबुदेव घिमिरे,लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारल्केल लामा र उक्त विहार प्रमुख छोक्याइ निमा रिम्पुन्छे गर्ने जनाइएको छ।त्यसपछि हुने पुर्पुरा पूजामा पूर्बराजा सरिक हुनुहुने छ। वहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम छ।

महायान परम्परा अनुसार चलिरहेको पूजामा अहिले १२ देशका ६ सय भन्दा धेरै बुद्धिमार्गिहरु सहभागी भएका छन्।

प्रतिक्रिया दिनुहोस्