विभिन्न ठाउँमा चार जना मृत फेला



काठमाडौँ । काठमाडौं,ललितपुर र पाल्पाका चार फरक ठाउँमा चार वटा शव फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक आज मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी,काठमाडौं महानगरपालिका–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ । हाल नामथर र ठेगाना नखुलेका अन्दाजी ५५ वर्षका पुरूष आज मृत अवस्थामा फेला परेका हुन् ।

उता ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा पनि नामथर, ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आज मृत अवस्थामा फेला परेका छन् ।

पाल्पाको माथागढी गाउँपालिका-३ अगेनी समिलपाटस्थित खोलामा सोही गाउँपालिका-३ समिलघाट बस्ने २८ वर्षीय निल प्रसाद घर्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्