विकास निर्माणका काम सेनाले प्रभावकारी रूपमा गरिरहेको छ : रक्षामन्त्री राई
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले विकास निर्माणका काम प्रभावकारी रुपमा सम्पन्न गरिरहेको बताएका छन्।

मंगलवार रक्षा मन्त्रालयको चौमासिक प्रगति समिक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले नेपाली सेनाले फास्ट ट्र्याक,करिडोर निर्माण,विश्वविद्यालय निर्माण,चुरे संरक्षणका साथै विपद्मा राहत र उद्धारका कार्यसमेत गरिरहेको बताए।
हाल नेपाली सेनाले तातोपानी क्षेत्रमा बेलीब्रिजहरू बनाइरहेको मन्त्री राईको भनाइ छ। उनले सिमिकोटमा तत्काल बाटो जोड्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जिम्मेवारी दिइएको उल्लेख गर्दै सेनाको नेतृत्वमा रक्षा मन्त्रालयले उक्त काम गरिरहेको बताए।
उनले काठमाडौँ–तराई मधेस जोड्ने दु्रतमार्गमा खोकना क्षेत्रमा देखिएका समस्या समाधान पूर्णरुपले नभइसकेको उल्लेख गर्दै छिटै भौगोलिक निरीक्षण गरेर निस्कर्षमा पुग्ने बताए। file foto

