नेचासल्यानको हिमाल दर्शनमा अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको तीन दिने तालिम सुरु



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा नेचासल्यान गाउँपालिकाको समन्वयमा आजबाट ३ दिने अंग्रेजी गणित विज्ञान र सामाजिक विषयको तालिम हिमाल दर्शन माध्यमिक विद्यालय नेचामा सुरु भएको छ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका उप-प्रमुख बिना राईको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख माधवमनी ढुंगानाको उपस्थितिमा तालिमको उद्घाटन गरिएको हो !

उद्घाटन सत्रमा बोल्दै पालिका उपप्रमुख बिना राईले रीड नेपालको शिक्षामा महत्त्वपूर्ण योगदान रही आएको बताउदै धन्यवाद ज्ञापन गर्नुभयो।सहभागीलाई सक्रिय रुपमा सहभागी भएर सिकेको सीप विद्यालयमा लागु गर्न आग्रह गर्नुभयो।

त्यस्तै शिक्षा शाखा प्रमुख माधवमनी ढुंगानाले सरकारले गर्नु पर्ने काम रीड नेपालले गरिरहेको भन्दै प्रसंसा गर्नु भयो रीड नेपालको लगानीको प्रतिफल एस इ इ मा पनि देखिएको बताउदै निरन्तर सहयोग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले अंग्रेजी गणित विज्ञानमा सिकाइ उपलब्धी अझै कम भएकोले उक्त विषयको तालिमको आयोजना गरिएको बाताउनु भयो तालिममा लैंगिक समानता अपांगता तथा सामाजिक समावेशीकरण र टेक्नोलोजिलाई पनि समेटिने बताइएको छ।

तालिममा नेचासल्यानका ६३ जना शिक्षकहरुको उपस्थिति रहेको छ तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह ,अर्पण रेग्मी,बासु वाग्ले,राजीव ढुंगानाले गरिरहनु भएको छ।

प्रतिक्रिया दिनुहोस्