१७ क्विन्टल ३६ किलो गाँजासहित एक जना पक्राउ
सप्तरी । प्रहरीले राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल ३६ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्रि सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् ।

