प्रधानमन्त्री ओलीबिरुद्द अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईं पक्राउ
काठमाडौं ।‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको भन्दै प्रहरीले व्यवसायी दुर्गा प्रसाईं पक्राउ गरेको छ।

घरबाटै पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा उनीमाथि कारवाही अगाडि बढाइने केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको थियो। प्रहरीले उक्त ‘फेक डकुमेन्ट’ प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ।
यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रण लिएको थियो।

