नेचासल्यानका मगरको उपचारका लागि जुट्यो पाँच लाख बढी सहयोग



सोलुखुम्बु।करेन्ट लागेर घाइते भएका नेचासल्यान गाउँपालिका वडा नं-५ का देश बहादुर मगरको उपचारका लागि ५ लाख बढी सहयोग संकलन भएको छ।

नेटको तार टाँग्ने क्रममा गत साता करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारमा आर्थिक अभाव भएपछि समाजसेवी बाबुराम आचार्यको अगुवाईमा सहयोग संकलन अभियान सुरु गरिएको थियो।

द्रोण बास्तोला,सन्तोष राई र देबेन्द्र कटेलसमेतको सक्रियतामा सञ्चालित अभियानबाट हालसम्म संकलित सो रकम आज महाराजगन्जस्थित त्रिबि शिक्षण अस्पतालमा उपचाररत मगरलाई हस्तान्तरण गरिएको आचार्यले जानकारी दिए।

स्थानीय स्तरमा संकलन भएकाे रकम भने उपचाररत मगरकै खातामा जम्मा गरिएको आचार्यले बताए। आचार्यका अनुसार उनको खातामा २ लाख ७ हजार ८ सय रकम जम्मा भएको छ। अभियान मार्फत पाँच लाख भन्दा वढी सहयाेग प्राप्त भएकाे उनले बताए।

मगरको मेरुदण्डको अपरेसन गरिएको छ ।स्वास्थ्यमा क्रमिक सुधार आईरहे पनि देब्रे खुट्टा अझै चलेको छैन।

प्रतिक्रिया दिनुहोस्