मंसिरको अन्तिम हप्ताबाट जिल्लामा १०० दिने राष्ट्रिय अभियान सञ्चालन गर्ने सोलु कांग्रेसको निर्णय



सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले यही मंसिरको अन्तिम हप्ताबाट जिल्लामा पार्टीको १०० दिने राष्ट्रिय अभियानका कार्यक्रम सुरु गर्ने भएको छ।

जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सोमबार सम्पन्न केन्द्रीय सदस्यसहितको जिल्ला कार्यसमितिको बृहत बैठकले २२ गते हुने कोशी प्रदेश सम्मेलनपछि अभियानलाई आठै स्थानीय तहमा सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठक पार्टी केन्द्रीय सदस्य एबम् १०० दिने राष्ट्रिय अभियानका लागि सोलुखुम्बु जिल्लामा खटिनुभएका प्रतिनिधि अमृत अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले अभियान सञ्चालनका लागि आठै स्थानीय तहमा प्रतिनिधि पठाउने निर्णय गरेको नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुका सभापति शेर्पाले जानकारी दिनुभयो।

माथिल्लो क्षेत्रमा पर्यटकीय सिजन रहेको र तल्लो क्षेत्रमा बाली भित्र्याउने काम धमाधम भइ रहेको कुरालाई दृष्टिगत गरि प्रदेश सम्मेलन सम्पन्न भएपछि मंसिरको अन्तिम हप्ता अभियान सञ्चालन गर्ने निर्णय गरिएको वहाँले बताउनुभयो।

पूर्ब सभामुख दमननाथ ढुंगानाको निधनमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली स्वरुप बैठकले शोक प्रस्ताव पारित गरेको जानकारी पनि वहाँले दिनुभयो।सभापति शेर्पाका अनुसार जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने दुई केन्द्रीय सदस्यमध्ये बलबहादुर केसी डेंगु संक्रमित भइ अस्पतालमा उपचाररत रहेको र अर्का केन्द्रीय सदस्य आङगेलु शेर्पा राष्ट्रिय अभियानको कार्यक्रममा अर्को जिल्लामा रहनुभएका कारण बैठकमा सहभागी हुनुभएको थिएन।

प्रतिक्रिया दिनुहोस्