रोमानिया पठाइ दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं।बैदेशिक रोजगारमा रोमानियाँ पठाइ दिन्छु भनि रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लसिंखुपाखर तपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छु।

रोमानिया पठाइदिन्छ्हु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई नगरपालिका-५ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार बिभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्