झण्डै १ सय ५० किलो गाँजासहित महोत्तरीबाट दुई जना पक्राउ
महोत्तरी।औरही नगरपालिका-१ औरही चेक पोष्ट अगाडी सडकबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका -११ बस्ने २७ वर्षीय आकाश ठाकुर र हरिवन नगरपालिका-२ बस्ने ३० वर्षीय पेमा दोर्जे लामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले उनीहरूलाई अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम, नगद ७७ हजार रुपैयाँ र मोवाइल ३ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
गौशलाबाट औरहीतर्फ आउँदै कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा ३० वटा पोकामा रहेको उक्त परिणामको गाँजा फेला पारी चालक आकाश र कारमा सवार पेमा दोर्जेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गररिहेको छ।

