रास्वपा सभापति लामिछाने रुपन्देहीबाट पोखरा लगियो
भैरहवा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट कास्की पुर्याइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन आरोपमा बयानका लागि ३ दिनअघि रुपन्देही लगिएको थियो ।
उनको बयान बिहीबारै सकिए पनि मौसम प्रतिकूलताका कारण लैजान समस्या भएको थियो । शुक्रबार पनि मौसम प्रतिकूलताका कारण दिउँसो सवा १ बजे मात्रै भैरहवाबाट विमान पोखराका लागि उडेको थियो ।
उनलाई पोखरा विमानस्थलबाट सोझै स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनमा खासै स्वास्थ्य समस्या नदेखिए पनि प्रहरीले रीत पुर्याउन अस्पताल लगेको हो । त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिने प्रहरीले जनाएको छ ।

