गौशालामा अतिक्रमित संरचनामाथि महानगरले फेरि चलायो डोजर



काठमाडौं।काठमाडौं महानगरपालिकाको नगरप्रहरीले गौशालामा अतिक्रमित संरचनामाथि डोजर चलाएको छ।

आज दिउँसो डोजरसहित पुगेको नगरप्रहरी बलले चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरुमा डोजर चलाएको हो।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ । जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर,टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि डोजर चलाएको महानगरले बताएको छ।

सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो ।

स्थानीयले उक्त संरचना हटाउन अटेर गरेपछि महानगरले आज डोजर लगाएर भत्काएको हो। यसअघि बिहानै डोजर लिएर गौशाला क्षेत्र पुगेको महानगरको टोलीमाथि स्थानीयले अवरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्