भाइरल झाँक्री प्रकाश भुजेलले गरे प्रहरी समक्ष आत्मसमर्पण



काठमाडौँ । भाईरल झांक्री प्रकाश भुजेलले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

बुधबार थली साँखु सडकखण्डको इन्द्रायणी चोकमा गाडीले हानेर मोटरसाइकलमा सवार दुईलाई गम्भीर घाइते बनाएका झांक्री आफैँ
प्रहरी प्रभाव साँखुमा पुगेर आत्मसमपर्ण गरेका हुन्।

झाँक्रीले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले ठक्कर दिंदा
घाइते भएका श्रीमानश्रीमती मध्ये श्रीमान नारायण नगरकोटीको उपचारको क्रममा निधन भएको र श्रीमती सानुमाया नगरकोटीको भने उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

भुजेलले प्रहरी कार्यालय जानुअघि आफूले गाडी चलाउँदा बचाउन सक्दो कोसिस गरे पनि नसकेको फेसबुक लाइभमार्फत जानकारी दिएका थिए।नले आफूले अनुसन्धानका लागि सहयोग गर्ने जनाउँदै दुर्घटना गराउने आफ्नो कुनै मनसाय नभएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्