मोटर स्पोर्ट्स प्रतियोगितामा सहभागी नेपाली खेलाडी स्वदेश फिर्ता



काठमाडौं।स्पेनको भ्यालेन्सियामा हालै सम्पन्न भएको एफआईए मोटर स्पोर्ट्स गेम्समा भाग लिई नेपाली टोली स्वदेश फर्किएको छ।

गत अक्टोबर २३ देखि २७ सम्म भएको सो प्रतियोगितामा नेपालको तर्फबाट खेलाडी दिप्रश शाक्यले इ स्पोर्ट्स जिटी कृष्ण प्रसाद पौडेल र प्रज्ञा कडेलले अटो स्लामममा प्रतिस्पर्धा गरेका थिए।

नेपाली खेलाडीहरुले भाग लिएको स्पेनको रेसिङ्ग ट्रयाक एन्ड सर्किड रीकार्दी टर्मी खेल परिसरमा भएको अटो स्लाम बिधामा नेपालसहित १७ देशका महिला एवम पुरुष गरि ३४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विश्वस्तरीय सो प्रतियोगितामा बिश्वका ८२ रास्ट्रका ६४६ प्रतियोगी हरुले विभिन्न २६ बिधामा प्रतिस्पर्धा गरेका थिए।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन एफआइएको आयोजनामा ओलम्पिक फर्म्याटमा सप्पन्न भएको बिश्वकै सबैभन्दा ठूलो एकमात्र अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्स प्रतियोगितामा नेपालको तर्फबाट तीन खेलाडी सहित टिम डेलिगेट्मा दशरथ रीसाल टिम ब्यबस्थापकमा यदुराज लामिछाने र मिडिया डेलिगेटमा टीका राम यात्री रहेका थिए।

प्रत्येक दुई दुई बर्षमा हुने सो प्रतियोगिताको अन्तर्राष्ट्रिय प्लेट्फर्ममा नेपालको सहभागिताले भर्खरै लोकप्रिय बन्दै गरेको मोटर स्पोर्ट्सको प्रबर्द्धनमा ठूलो सहयोग पुग्ने सहभागी खेलाडी दिप्रश शाक्यले बताए।

प्रतिक्रिया दिनुहोस्