माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित १३ नेताबिरुद्ध अख्तियारमा उजुरी



काठमाडौं।अध्यक्ष पुष्पकमल दाहालसहित १३ जना नेताले राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको भन्दै उनीहरुलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।

माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालामा सो हिनामिना भएको देखिने भन्दै कानुन व्यबसायी युवराज पौडेल सफलले छानविन गरि हदैसम्मको कारबाही गर्न माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएका हुन्।उजुरीमा‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जना हिनामिनामा संलग्न रहेको उल्लेख गरिएको छ।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा व्याख्या गरिएको छ।

त्यस समयमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले १९ हजार ६ सय सेना प्रमाणिकरण गरेको थियो। पौडेलले माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्व खर्च भएको र अधिकांश रकम प्रचण्डको योजनामा निकाशा भएकाले त्यो भ्रष्टाचार भएको उल्लेख गरेका छन्।file foto

प्रतिक्रिया दिनुहोस्