कांग्रेस नेता कार्कीले हिमाल दर्शन माबिमा १ लाख बढीको अक्षयकोष स्थापना गर्ने
काठमाडौं।नेपाली कांग्रेसका नेता एबम् वरिष्ठ उद्योगी प्रकाशसिंह कार्कीले सोलुखुम्बु जिल्लाको नेचासल्यानस्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयमा १ लाख बढीको अक्षय कोष स्थापना गर्ने बताएका छन्।

पूर्ब विद्यार्थी समाजको समन्वयमा हिमाल दर्शन माबि व्यबस्थापन समितिद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा स्वर्ण जयन्ती भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्कीले आफ्नि स्वर्गीय माता सुमित्रा कार्कीको नाममा १ लाख ११ हजार १ सय एघार रुपैयाँको अक्षयकोष स्थापना गर्ने बताएका हुन्।
मातापिताका नाममा आफुले स्थापना गरेको सुकीर्ति फाउन्डेसनमा आफुले ५० लाखको अक्षय कोष स्थापना गरेको र त्यसबाट आउने ब्याजबाट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरेको जानकारी दिंदै कार्कीले त्यसबाट पनि केही रकम सहयोग गर्ने प्रतिबद्धता जनाए।तर, सो रकम गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई पारदर्शी ढंगबाट बितरण गर्नुपर्ने सर्त कार्कीको थियो।
आफू हिमाल दर्शन माध्यमिक विद्यालयको शुभ चिन्तक,त्यसमाथि नेचासल्यानबासी नै भएकाले विद्यालयको उन्नतिमा सदैव सक्दो सहयोग गर्ने प्रतिबद्धता कार्कीले व्यक्त गरेका थिए। स्वर्ण जयन्ती ५० बर्ष पुगेपछि हरेक संस्थाले मनाउँछन्, त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा विद्यालय ब्यबस्थापन समिति र विद्यालय प्रशासनले शैक्षिक गुणस्तर अभिबृद्दीमा ध्यान दिनुपर्छ,कार्कीले भने।

