रास्वपाले तत्कालका लागि स्थगित गर्यो सडक प्रदर्शन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालका लागि सडक प्रदर्शन स्थगित गरेको छ ।

सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाल शुक्रबार काठमाडौंमा निरन्तरता दिएको थियो।
रास्वपाले अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए । ‘पोखराबाट सुरु भएको विरोध प्रदर्शनलाई आज काठमाडौंमा निरन्तरता दियौं’ उनले भने,’अबका कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्छौं ।’
रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा २ कार्तिकमा प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनलाई जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुईपटक म्याद थप गरेको छ ।

