सभापति लामिछाने पक्राउको बिरोधमा माइतीघरमा रास्वपाको विरोध प्रदर्शन



काठमाडौं । सहकारी ठगीसम्बन्धी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा पनि प्रदर्शन गरेको छ ।

यसअघि पोखराका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंको माईतीघर प्रदर्सन गरेको हो।काठमाडौंको प्रदर्सनमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ,सांसदहरू सुमना क्षेष्ठ,शिशिर खनाल लगायत नेता सहभागी भएका थिए।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले ‘वास्तविक सहरकारी गठलाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘विधिको शासन कायम गर’, ‘अधिनायकवाद चल्दैन’, ‘दुईतिहाइको पाराले-दु:ख पाए साराले’लगायतका नाराबाजी गरेका छन् ।

रास्वपाले सभापति लामिछाने पक्राउलाई ‘सरकारले प्रतिशोध साँधेको’ रूपमा व्याख्या गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएको छ ।

लामिछाने गत कात्तिक २ गते काठमाडौं पक्राउ परेका हुन् । अहिले उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । बिहीबार मात्रै जिल्ला अदालत, कास्कीले थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्