मंसिरबाट थुलुङ दुधकोशी अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु हुंने
सोलुखुम्बु।थुलुङ दुधकोशी अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ ।

आगामी मंसिर १ गतेदेखि बिमितले वार्षिक रुपमा १ लाख बराबरको स्वास्थ्योपचार सेवा प्राप्त गर्ने गरी बिहीबार अस्पताल र बीमा बोर्डबीच सेवा सञ्चालन सम्बन्धि सम्झौता सम्पन्न भएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।
कार्कीका अनुसार सो सम्बन्धि सम्झौतापत्रमा गाउँपालिका श्रदेय अध्यक्ष असिम राई, स्वास्थ्य बीमा बोर्ड सोलुखुम्बुका दर्ता अधिकारी प्रदिपबाबू बस्नेत र अस्पताल प्रमुख MDGP डाक्टर अजय चौधरीले हस्ताक्षर गर्नुभएको छ।
जेष्ठ नागरिक र पुर्ण अपांगता भएकाहरुको हकमा सरकारले बिमा कार्ड उपलब्ध गराएपछि सेवा प्राप्त गर्नेछन भने अन्य सेवाग्राहीले बार्षिक ३ हजार ५०० तिरेर सेवा प्राप्त तथा नविकरण गर्नुपर्ने प्रावधान रहेको छ ।
सम्झौता सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष असिम राईले स्वास्थ्य बीमा गरेका यहाँका सामान्य परिवारका नागरिकले गुणस्तरीय सेवा प्रवाह गरिरहेको आफ्नै अस्पतालबाट थप सहज तथा सरल रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने बिश्वास व्यक्त गर्नुभयो।

