जिम्बाबेले तोड्यो टी–२० आईमा सर्वाधिक उच्च स्कोरको नेपालको कीर्तिमान



काठमाडौं।टी–२० आईमा सर्वाधिक उच्च स्कोर बनाउने नेपालको विश्वकीर्तिमान भंग भएको छ ।

बुधबार विश्वकप अफ्रिका सब–रिजनल फाइनल ‘बी’ मा गाम्बियाविरुद्ध ३ सय ४४ रन बनाउँदै जिम्बाब्वेले नेपालको कीर्तिमान भंग गरेको हो ।

जिम्बाब्वेको नाममा विश्वकीर्तिमान लेख्न मद्दत गर्न सिकन्दर राजा एक्लैले ४३ बलमा अविजित १३३ रन बनाए । नेपालले गत वर्ष चीनमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्