शेर्पा संघ अमेरिकाको अध्यक्षमा पुन:पासाङ दोर्जी एपी शेर्पा निर्बिरोध



दावा जाङ्बु शेर्पा,काठमाडौं।शेर्पा संघ अमेरिकाको चाैथो महाधिवेशन सम्पन्न भएको छ ।न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको गुम्बामा सम्पन्न अधिबेशनले अध्यक्षमा पुनः पासाङ दोर्जी(एपि) शेर्पालाई दोहोर्‍याउँदै ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

अमेरिकामा रहेर विभिन्न पेशा व्यवसायमा लागेका नेपालका विभिन्न जिल्लाका शेर्पाहरुको उपस्थितिमा भएको महाधिवेशनले आङछिरि शेर्पालाई बरिस्ठ उपाध्यक्ष, मिना लामा शेर्पालाई उपाध्यक्ष, छिरिङ शेर्पालाई महासचिव, लाक्पा थिलेलाई सचिव, निमा दोर्जी शेर्पालाई कोषाध्यक्ष र गेलु शेर्पालाई सह-कोषाध्यक्ष चयन गरेको छ।
सदस्यहरुमा मिगिर शेर्पा,गेल्जी शेर्पा,साम्देन शेर्पा,याङ्जी शेर्पा निर्बाचित भएको शेर्पा संघ अमेरिकाले जनाएको छ्।

संघका अध्यक्ष पासाङ दोर्जी एपि लामा शेर्पाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम धर्मगुरु डा.युला शेर्पाको प्रमुख आतिथ्य तथा नेपाल आदीवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष तोरन गुरुङ,लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङदावा शेर्पा, बिश्व शेर्पा संघका बरिस्ठ उपाध्यक्ष निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष ई.तेम्बा शेर्पा,एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापा लगायतका व्यक्तित्वहरुको आतिथ्यमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्