विभिन्न सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं।विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्युु भएको छ।

प्रहरीका अनुसार,उदयपुरको त्रियुगा नगरपालिका-७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ५३५-नम्बरको बसले प्रदेश नम्बर ३-०२-००६ प ७०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँद मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-५ पुर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राईको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको आर्या न्युरो अस्पताल बिराटनगरमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।
त्यसैगरि,मोरङको सुन्दरहरैंचा नगरपालिका-६ दुलारीस्थित सडकमा को.१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चालक सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय खैरा चौधरीको मृत्यु भएको छ सिटी सफारीबाट सोमबार दिउँसो लडेर बेहोस भएका उनको बिराट टिचिङ अस्पतगरी बिराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
उता,कास्कीको पोखरा महानगरपालिका-७ शहिदचोकस्थित सडकमा ग.११ प ६७२५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१३ सितलटोल बस्ने ४९ वर्षीय छलबहादुर गुरूङको मृत्यु भएको छ । सोमबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनक गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै,कपिलवस्तुको शिवराज नगरपालिका-५ बालापुर मोड नजिकै अनटेष्ट लेखिएको ई- रिक्साबाट लडेर सोही ठाउँ बस्ने ७२ वर्षीया सुन्तली बिकको सोमबार राति मृत्यु भएको छ । ई- रिक्साबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

