स्रोत नखुलेको २० लाख ५० हजार भारतीय नगदसहित दुई जना पक्राउ
कपिलवस्तु।स्रोत नखुलेको नगद २० लाख ५० हजार भारतीय रूपैयाँसहित प्रहरीले कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुंबाई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश खाराम खंडागले रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट लिङगेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रूपैयाँ र युपि ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रूपैयाँसहित फेला पारी सोमबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

