कांग्रेस नेत्री केसी केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त
केदार बस्नेत,काठमाडौं। नेपाली कांग्रेस सोलुखुम्बुका महाधिवेशन प्रतिनिधि रिना उप्रेती केसी केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ।

नेपाली कांग्रेसको विधान,२०१७ (संशोधन सहित)को धारा ३६(१) (ग) बमोजिम केसी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्यमा नियुक्त हुनुभएको हो।
उपसभापति पुर्णबहादुर खड्का प्रमुख रहेको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा सोलुखुम्बुबाट केसीलाई नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
कोको कुनकुन जिल्लाबाट नियुक्त भएत केन्द्रीय सदस्यमा?
१. श्री कविराज पण्डित, बाजुरा
२. डा. जगदीशचन्द्र पोखरेल, तनहुँ
३. श्री छन्दबहादुर पहराई, गुल्मी
४. श्री विजुला वर्मा, सिन्धुली
५. डा. केदारनरसिंह के.सी., नुवाकोट
६. श्री रिना उप्रेती (के.सी.), सोलुखुम्बु
७. श्री वीरेन्द्र यादव, धनुषा
८. डा. कृष्णप्रसाद पौडेल, कास्की
९. श्री भरत प्रसाई, झापा
१०. श्री कमल कार्की, भक्तपुर
११. श्री बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक
१२. श्री डोलराज भुसाल, स्याङ्जा
१३. श्री प्रताप पौडेल, बाग्लुङ
१४. श्री हजारी नेपाली (वादी), जाजरकोट
१५. श्री विश्वदिप लामिछाने, काठमाडौं
१६. श्री नाहिदा परविन, रौतहट
१७. श्री भवानी पन्त, कञ्चनपुर
१८. श्री अनार बस्नेत, काठमाडौं

उपसभापति खड्काले हिजो सोमबार विभिन्न जिल्लाका १८ नेताहरूलाई नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त गर्नुभएको हो।

