बालिका तथा युवतीहरू राखी आफ्नै घरमा यौनधन्दा चलाउने एक महिला पक्राउ
काठमाडौं।बालिका तथा युवतीलाई जबरजस्ती बेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले काठमाडौंबाट एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई छिन्।विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट शुक्रबार पक्राउ गरेको हो। साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको,बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएको खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

