सहास उर्जा सञ्चालक समिति सदस्यमा कांग्रेस केन्द्रीय सदस्य शेर्पा निर्बिरोध
काठमाडौं।सहास उर्जा कम्पनी लिमिटेड सञ्चालक समितिको सदस्यमा आङगेलु शेर्पा निर्बाचित भएका छन्।

आइतबार राजधानी काठमाडौंमा सम्पन्न कम्पनीको आठौँ, नौ, दसौ र एघारौ वार्षिक साधारणसभाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख शेर्पासहित सात जनालाई सञ्चालक समितिको सदस्यमा निर्बिरोध निर्बाचित गरेको हो।
निर्बाचित हुने अन्य सदस्यहरुमा हिेमप्रसाद पाठक,शुसिल थापा, मक्तिराम पाण्डे,महेन्द्र कुमार गिरी,गरिमा अधिकारी र विभूती ओझा छन्।
सर्वसाधारण समुहबाट शेर्पा,संस्थापकबाट पाठक,थापा,पाण्डे र गिरी,महिला सदस्यमा अधिकारी तथा विज्ञ सदस्यमा ओझा सञ्चालक समिति सदस्यमा निर्बाचित भएको कम्पनीले जनाएको छ।
८६ मेगावाटको सहास उर्जा स्वदेशी लगानीमा निर्मित नेपालकै सबैभन्दा ठुलो विद्युत आयोजना हो।यो आयोजना सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा रहेको छ।

