साफ महिला फुटबल:नेपालले भुटानसँग अंक बाड्यो,श्रीलंकाले माल्दिभ्सलाई हरायो



काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल र भुटानबीच आज भएको खेल बराबरीमा टुंगिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। तुलनात्मक रुपमा कमजोर मानिएको भुटानसँग बराबरी खेलेपछि नेपालको उपाधि जित्ने योजनामा धक्का लागेको छ।

नेपालले भुटानको पोष्टमा निरन्तर आक्रमण गरे पनि भुटानको डिफेन्स र गोलकिपरले नेपाली खेलाडीको प्रयास सफल हुन दिएनन्।

निर्धारित ९० मिनेट र थपिएको ५ मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन्।

सर्वाधिक ५ पटक फाइनल पुगे पनि नेपालले उपाधि भने उचाल्न सकेको छैन।

आजै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलले पराजित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्