सन्दीपले पाए अमेरिकाको भिसा



काठमाडौं:नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा पुर्व कप्तान सन्दीप लामिछानेले अमेरिकाको भिसा(प्रवेशाज्ञा) प्राप्त गरेका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले शुक्रबार आज विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका भिसा(प्रवेशाज्ञा) स्वीकृत भएको जनाएको छ । भिसा प्राप्त गरेपछि सन्दीप आजै अमेरिका प्रस्थान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिका लेगका खेल गुमाएका थिए । टी-२० विश्वकप अन्तर्गत सन्दीपले वेस्ट इन्डिजमा भएको दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेलेका थिए ।

भिसा प्राप्त गरेसँगै उनले नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने छन् । यो सिरिज अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी स्टेडियममा खेलिने छ ।

हाल नेपाली टोली अमेरिकासँगको ३ खेलको टी-२० आई सिरिजमा व्यस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्